जसपाको राजनैतिक किचलो राष्ट्रियसभामा प्रवेश

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १६ : ४९
जसपाको राजनैतिक किचलो राष्ट्रियसभामा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ ।राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम  र जालझेल गर्न थालेको आरोप लगाए । 

उनले भने, “संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्थहरु पनि छलछाम  जालझेल र जालसाजीमा महारथ हासिल गर्नुभएको छ । ”

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते गरेर, नक्कली कागजपत्र तयार गरेर आफूलाई एकल अध्यक्ष भएको दाबी गरेको बताए ।  सांसद यादव अहिले उपेन्द्र यादव समुहमा छन् । 

उनले वर्तमान प्रधानमन्त्रीलाई हिन्दी भाषाको एक उखानमा तुलना गर्दे कमौरव वंशको जस्तो अन्त्य हुने ठोकुवा गरे । 

प्रतिक्रिया दिनुहोस