काठमाडौं । नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो । प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान संघले अनुरोध गरेको छ ।
विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई सम्वोधन गर्न संघले अपिल गरेको छ । प्रतिष्ठानमा विभिन्न माग राख्दै २४ दिनदेखि आन्दोलन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ असार २०७८, १६ : ४४
लेखकबाट थप