नयाँ दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् ।
यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह(राजपूत)ले जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ चैत्र २०७४, ०७ : ४९
लेखकबाट थप