काठमाडौं । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।
ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।
टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ ।
टिकटकको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ, जुन कूल अपलोड हुने भिडियो भन्दा एक प्रतिशतभन्दा पनि कम हो । तीमध्ये ८२ प्रतिशत भिडियोहरु अपलोड हुने बित्तिकै अर्थात् अरु कसैले पनि नहेर्दै हटाइएको हो । त्यस्तै ९१ प्रतिशत त्यस्ता भिडियो कुनै पनि प्रयोगकर्ताले रिपोर्ट नगर्दै तथा ९३ प्रतिशत पोष्ट भएको २४ घण्टाभित्र हटाइएको हो ।
त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको हो ।
रिपोर्ट अनुसार टिकटकको निर्देशिका तथा प्रयोगका शर्त उल्लंघन गरेका कारण खारेज गरिएका कुल एकाउन्टको संख्या एक करोड ११ लाख ४९ हजार ५१४ रहेको छ ।
१३ वर्षभन्दा माथिका व्यक्तिले टिकटकमा खाता खोल्न पाउने भए पनि १६ वर्ष सम्मका किशोरावस्थाका प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले विभिन्न उपाय अपनाउँदै आएको जनाएको छ । त्यसमा प्राइभेट मेसेज तथा लाइभ स्ट्रिमिङ फिचर उपलब्ध हुँदैन । त्यस्तै १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्ट स्वतः प्राइभेट बन्दछ, जुन फिचर गत जनवरीमा ल्याइएको हो ।
टिकटकको सुरक्षा तथा विश्वास विभागका प्रमुख कोम्यार्क किनान भन्छन् – बालबालिकाको सुरक्षाका लागि हामीले चालेका कदमहरुका विषयमा अधिकतम दृश्यता ल्याउन यो रिपोर्टमा हामीले कम उमेरका एकाउन्टहरु हटाइएको छ । टिकटकलाई १३ वर्ष र सोभन्दा माथिका मात्र प्रयोगकर्ताको प्लाटर्फम बनाउने प्रयत्नलाई मजबुत बनाउनका लागि हामीले नयाँ प्रविधिहरुको प्रयोग गर्दछौँ जसले प्रयोगकर्ताको उमेर सम्बन्धी चुनौतीको सामना गर्न सहयोग गर्नेछ ।
किशोरावस्थाका प्रयोगकर्तामा निकै लोकप्रिय रहेको भएपनि कम उमेरका बालबालिका प्रयोगकर्ताको संख्या टिकटकमा बढिरहेको विषय चिन्ताको विषय बनिरहेको छ । गत वर्ष न्युयोर्क टाइम्सले सार्वज्निक गरेको तथ्यांक अनुसार अमेरिकी टिकटक प्रयोगकर्ता मध्ये एक तिहाइ प्रयोगकर्ता १४ वर्ष र सोभन्दा कम उमेरका रहेका छन् । त्ष्पतयप द्यययm नामक पुस्तकका लेखेका क्रिस स्टोकेल वाल्करका अनुसार टिकटक तथा यस्तै खालका अन्य सोसल मिडियाहरुको एउटा प्रमुख चुनौतीचाहिँ यसका प्रयोगकर्ताहरुको उमेर प्रमाणित गर्नु बनेको छ ।
सोसल मिडियाहरुमा खाता खोल्ने क्रममा नियम बमोजिमको उमेर पुर्याउनका लागि सानो उमेरका प्रयोगकर्ताले पनि आफ्नो वास्तविकभन्दा बढी उमेर बनाउनका लागि नक्कली उमेर राख्न सक्दछन् । प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने अर्को उपाय छैन ।
तर टिकटकसँग सर्वाधिक उन्नत कम्प्युटर भिजन प्रविधि रहेकोले यसले बालबालिका प्रयोगकर्ता यकिन रुपमा पत्ता लगाउन सक्ने सम्भावना हुने वाल्कर बताउँछन् । तर यस्तो प्रविधि प्रयोग गर्नका लागि टिकटकले थुप्रै अनुमतिहरु लिनुपर्दछ, जुन प्रयोगकर्ताका लागि असहज हुन सक्दछ ।
स्मरण रहोस् बेलायत र युरोपेली युनियनमा बालबालिका प्रयोगकर्ताका डाटा संकलन गरेको आरोपमा टिकटकमाथि हाले मुद्दा हालिएको छ । तर दशौँ लाख प्रयोगकर्ताको तर्फबाट हालिएको उक्त मुद्दाको कुनै तुक नरहेको र आफू त्यसविरुद्ध लड्ने टिकटकले जनाएको छ ।
गत जनवरीमा इटालीमा एक १० वर्षीया बालिकाले टिकटकमा भाइरल च्यालेन्ज गर्ने क्रममा मृत्यु भएसँगै इटालीले कम उमेरका प्रयोगकर्ताका एकाउन्ट बन्द गरिदिन आदेश दिएको थियो ।
बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ असार २०७८, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी