काठमाडौं । लोकतन्त्र दिवसको छेक पारेर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चियापन कार्यक्रमको आयोजना गरेका छन् । महाराजगञ्जस्थित आफ्नै निवासमा कोइरालाले पार्टीका केही शीर्ष नेताहरूलाई बोलाएका थिए ।
महाधिवेशनको माहोल चलिरहेको बेलामा कोइरालाले संस्थापन पक्षमा रहेका शीर्ष नेतालाई बोलाएर पार्टीभित्र अर्थपूर्ण सन्देश दिन खोजेको बताइन्छ । कोइराला १५ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाबाट आशीर्वाद पाउने आशामा छन् ।
आजको चियापानमा कृष्ण सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत पुगेका थिए । चियापान कार्यक्रमले पार्टीलाई एकताबद्ध बनाउने सहयोग पुग्ने विश्वास व्यक्त गरे ।यसअघि आगामी महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा रहेका कोइरालाले प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग पटक पटक लञ्च मिटिङ गर्दै आएका थिए ।
कांग्रेसको १५ औं महाधिवेशन ०८२ मंसिरभित्र भइसक्नुपर्ने हुन्छ। तर, नियमित समयमा महाधिवेशन नहुने निश्चित भइसकेको छ। महाधिवेशन निश्चित नभएपनि नेताहरूले भने दौडधुप बढाइसकेका छन् ।तर, देउवाले अहिलेसम्म उत्तराधिकारीका लागि कसैलाई तोकेका छैनन् । कांग्रेसमा कोइराला, निधि, सिंहसहित संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता गोपालमान श्रेष्ठ आकांक्षी छन् ।
इतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा आ-आफ्नै तयारीमा छ्न् । शेखरले आफ्नै तयारीबाट ब्याक नहुने भएपछि महामन्त्री थापा पछिल्लो समय सभापति देउवासँग नजिकिँएको चर्चा छ ।तर, गगनलाई रोक्न संस्थापन पक्षका नेताहरु एकजुट हुने प्रयास गरिरहेको बेलामा शशांकले केही नेताहरूलाई चियापानमा बोलाएर शक्ति प्रदर्शन गर्न खोजेको कांग्रेसवृत्तमा चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १२ : ५६
लेखकबाट थप