डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, २० : ५५
डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । 

योसँगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस