काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियान थालनीका लागि अपील गरेका छन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा सोमबार वक्तव्य जारी गर्दै नेता नेपालले नेकपा एमालेसहित सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको एकताका लागि आह्वान गरेका हुन्।
उनले त्यसका लागि सांगठनिक बेथिति र अन्यायको अन्त्य गरिनु पर्ने उल्लेख गर्दै भनेका छन्– ‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो।’
विज्ञप्तीमा भनिएको छ,‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन भएको छैन ।’
नेपाल पछिल्लो समय विपक्षी गठबन्धनमा सक्रिय छन्। नेपालसहित उनी पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर गरेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले उनलाई कारवाही गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल
माधव नेपाल रुस प्रस्थान
माधव नेपाल रुस प्रस्थान