प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १६ : ०१
प्रतिनिधिसभा विघटन मुद्दा :  रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन ब्यवसायीको बहस सकिएको छ । शुरुवाती बहसका लागी निवेदकका कानुन ब्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो । 

निवेदककका कानुन ब्यवासायीले सरकार पक्षको बहस पछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् । आईतबार निवेदक तर्फबाट १६ जना कानुन ब्यवसायीले बहस गरेका छन् । सोमबारबाट प्रधानमन्त्रीका कानुन ब्यवसायी र सरकारी वकिको बहस शुरु गर्ने छन् । 

आईतबार बरिष्ठ अधिवक्ता सविता भण्डारी, बावुराजा जोशी, अधिवक्ता पदम रोका, भिमार्जुन आचार्य, बरिष्ठ अधिवक्ता बाबुराम कुँवर, शतिषकृष्ण खरेल, नरहरी आचार्य, डा चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस