सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १२ : २५
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बृद्धि भएको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थिर बनेको थियो । त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ । चादी चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो ।


 

प्रतिक्रिया दिनुहोस