रौतहट झडपः दोषीमाथि कारबाहीको माग

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १५ : ४३
रौतहट झडपः दोषीमाथि कारबाहीको माग

रौतहट । रौतहटको मौलापुरस्थित ईलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको छ । शनिबार बिहान पानीको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो भने सो क्रममा कुटपिटमा परेकाहरुलगायतको एक समूहले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको हो । 
घटनाको मुख्य दोषी वडा १ का अध्यक्ष रामप्रवेस यादव लगायतलाई अबिलम्ब पक्राउ गर्न उनीहरुले माग गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्स्पेक्टर राकेश यादवले घटनाबारे आवश्यक अनुसन्धान तथा दोषीको खोजी भैरहेको बताए ।
बिहान भएको झडपमा भुवाली साह लगायत डेढ दर्जन जना घाइते भएका थिए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ  । 
झडपमा हृदय नारायण यादव पक्षमा पनि केही मानिसलाई सामान्य चोटपटक लागेको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस