आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ ।
रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ । नेपाल सरकारले अदक्ष र दक्ष कामदकारका रुपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।, यो खबर आजको कारोवार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ चैत्र २०७४, ०८ : ३७
लेखकबाट थप