राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १६ : ०३
राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई अध्यक्ष तिमिल्सिनाले निर्देशन दिए।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस