महाधिवेशनमा एउटै टिम बनाएर जाने कांग्रेसका ३ प्रभावशाली नेताहरूको संकेत

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १४ : ००
महाधिवेशनमा एउटै टिम बनाएर जाने कांग्रेसका ३ प्रभावशाली नेताहरूको संकेत

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा। शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

अब तपाईंहरू एउटै टिम बनाएर जाने हो ? भन्ने प्रश्नमा पूर्वउपसभापति सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक(दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’

उनले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गरे । ‘हामी आफैं सक्रिय राजनीति गरेर चुनाव लडेर आएका हौ्र, कसरी परिवारवाद भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।


 

प्रतिक्रिया दिनुहोस