कति पुग्यो आज सुनचाँदीको मुल्य ?

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, ११ : २१
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै दरभाउ अनुसार आज पनि सुनको कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस