१४ स्थानिय तहका जनप्रतिनिधीको गुम्यो पद

प्रभु शाहका श्रीमती देखि रौतहटकै ७ जना जनप्रतिनिधी

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, ०८ : २१
१४ स्थानिय तहका जनप्रतिनिधीको गुम्यो पद

काठमाडौं । गत स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेका तर अहिले एमालेमा प्रवेश गरेका १४ स्थानिय तहका पदाधिकारीको पद गुमेको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरी १४ स्थानिय जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

पद रिक्त हुनेमा प्रभु शाहका श्रीमती देखि रौतहटकै ७ जना जनप्रतिनिधी छन् ।  उनीहरुलाई पद रिक्त गराउन माओवादीले यसै साता मात्र केन्द्रीय समितिको भर्चुअल बैठकको आयोजना गरी निर्णय गराएर निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

रौतहटका ७, कैलालीका ४, सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधी छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अधिकार अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा गत चैतमै कारबाहीबारे जानकारी गराएपनि केन्द्रीय समितकै निर्णय आवश्यक पर्ने राजनीतिक दल सम्बनधी नियमावलीको दफा आयोगले माओवादी केन्द्रलाई स्मरण गराएपछि माओवादीले असार ७ गते भर्चुअल बैठकको आयोजना गरी ति जनप्रतिनिधीलाई कारवाही गर्दै आयोगलाई पदमुक्तको पत्र लेख्ने निर्णय गरेको थियो ।  त्यही निर्णयका आधारमा आयोगले शुक्रवार नै उनीहरुलाई पदमुक्त गराएको सूचना जारी गरेको हो ।

यी हुन् पद गुमाउने स्थानिय तहका जनप्रतिनिधी 

प्रतिक्रिया दिनुहोस