यस्तो रहनेछ आजको मौसम

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, ०८ : १२
यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल मौसममा देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले जसका कारण हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाएको छ । 

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।  

प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा भने मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना महाशाखाको भनाइ छ।यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस