बुटवल । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही अदालतमा तेस्रो दिनको बहस सुरु भएको छ । शुक्रवार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।
आज बाँकी रहेको बहस सुरु भएको जिल्ला अदालत रुपन्देही श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए । आजको बहस रमण श्रेष्ठबाट सुरु भएको उनले बताए ।आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।
रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि सवाल जवाफ हुने उनले बताए । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी आज
रविको रिट सर्वोच्चका न्यायाधीश ढुंगानाको इजलासमा