अफ्रिकी । दक्षिण अफ्रिकाकी एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचारमा सत्यता नरहेको पुष्टि भएको छ ।
दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा एकै पटक १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ ।
स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको खुलेको छ । जबकी उनले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबीसहितका समाचार सार्वजनिक भएका थिए ।
ती ३७ वर्षीया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानून अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।
प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो । यसै आधारमा बीबीसीले समेत यसबारे समाचार प्रकाशनरप्रसारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० असार २०७८, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै अफगानिस्तानले जित्यो सिरिज
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकाको लगातार पाचौं जित
रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु