कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १७ : ०२
कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बसेका बैठक स्थगित हुँदै आएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

अर्को बैठक असार ११ गते दिउँसो २ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले बताए । पुनर्वहाली भएका चार सांसदको मुद्दा विचाराधीन भएकाले सदन पनि स्थगित भइरहेको हो ।

एमाले प्रदेश संसदीय दलले आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस