जसपाको यादव समूह पार्टी वैधानिकता दावी गर्दै  निर्वाचन आयोगमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १५ : ३९
जसपाको यादव समूह पार्टी वैधानिकता दावी गर्दै  निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो ।

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाए ।आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।

प्रतिक्रिया दिनुहोस