जसपा यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १७ : ५७
जसपा यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी आधिकारीताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले बताए ।

सत्ता समिकरणका लागि दुई पक्षमा भएको विवादका कारण दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिहेका छन् भने अर्कोको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको छ । कानुन व्यवासयीसँग सल्लाह लिँदा पनि आधिकारिताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।

साथै लुम्बनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघन गरेका चारजना सांसदाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारले वजेटमै गिटी बालुवाट निकासी गर्ने उल्लेख गरेको छ त्यसलाई फिर्ता लिन पनि आग्रह गरेको छ साथै बाढी पीडितहरुलाई उद्धार गर्न तथा राहत प्रदान गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस