प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

पत्रपत्रिकाबाट

आइतबार, २५ चैत्र २०७४, ०७ : ४०
प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा

काठमाडौं । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता हुनुपर्ने दोहोर्‍याएका हुन् ।

शनिबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका पदाधिकाीलाई राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै दाहालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘फिप्टी फिप्टी’ एकता प्रस्ताव राखिसकेको बताएका हुन् । केन्द्रमा बराबरी तथा जिल्ला तहमा संगठनको प्रभाव क्षेत्रका आधारमा पार्टी संगठनबीच एकता हुनुपर्ने माओवादी केन्द्रको 'बटमलाइन' भएको उनको भनाइ छ ।

‘यो पार्टी एकता हो। हामी दुई धारबाट आयौँ, तत्काल देखिँदा चुनावमा उहाँहरू(एमाले) बढी हुनुहोला, उहाँहरू हिजो कम हुनुहुन्थ्यो । भोटको कुरा मात्रै मुख्य होइन। पार्टी एकता सम्मानजनक र अलग धार जोड्ने कुरा हो’ दाहालको भनाइ उद्धृत गर्दै प्रेस सेन्टरका उपाध्यक्ष कमल गिरीले भने ।

माथि केन्द्र सिंगो शरीरमा ५०\५० प्रतिशत माओवादीको नेता धेरै हाम्रा छन्, जनता धेरै एमालेका छन्’ दाहालको भनाइ थियो । एमालेले विगतमा १० प्रतिशत पनि संगठन नभएको मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीसँग एकता गर्दा समेत ५० ५० कौ आधारमा गरेको दाहाले स्मरण गरे । आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस