काबुल । अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका अनुसार काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।
यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।
यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।(एएनआइ)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० जेठ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु
आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु
विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते