जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् ।
उनीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो ।
दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ । सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो ।
भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् । तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ चैत्र २०७४, ०७ : ०६
लेखकबाट थप