कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, ११ : २७
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

file-photo

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन ।

बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस