चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा १११ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २४ जना डिस्चार्ज भएका छन् ।
चितवनका विभिन्न अस्पतालहरुमा ३०६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ४८ जनालाई कोरोना संक्रमण देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी