बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १४ : १०
बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

ईलाम ।  बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका(७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । 

बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस