काठमाडौं । एमाले नेता आनन्द पोखरेलले प्रधानमन्त्रीलाई मार्छु भनेर बागमती प्रदेशसभामा बोल्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई विपक्षी गठबन्धनका नेता कार्यकर्ताले राजनैतिकरुपमा मात्रै नभइ भौतिकरुपमै सफाइ गर्न सक्ने सूचना आइसकेको बेला काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्य रहेका वैद्यबाट आएको यो अभिव्यक्ति अत्यन्तै गम्भीर रहेको पोखरेलको भनाइ छ ।
‘केही समय यत्ता हाम्रो पार्टीका श्रदेय अध्यक्ष एबं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारीक रुपमा मात्र होईन भौतिकरुपमा उहालाई सफाई गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो । हामी त्यसलाई सुक्षम रुपले अध्यान गरिरहेका थियौं, उनले भनेका छन्, ‘हिजो काँग्रसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले बागमति प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्म गान्धिलाई नथुराम गोड्सले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बोलेका छन ।’
उनले प्रदेश सभाको बैठकमा एमालेका अध्यक्ष र प्रधानमन्त्री लाई हत्या गर्छु भनेर बोल्ने ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरि तत्कालै पक्राऊ गरि ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलाऊन माग गरे । उनले यो अभिव्यक्तिमा षड्यन्त्र लुकेको पनि दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, ०८ : ५७
लेखकबाट थप