चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा १२१ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ। ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट १९ जना डिस्चार्ज भएका छन् ।
चितवनका विभिन्न अस्पतालहरुमा ३१४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप ११३ जनालाई कोरोना संक्रमण देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १७ : १२
लेखकबाट थप