समाजसेवी प्रेमकुमार श्रेष्ठद्धारा क्षेत्रपुर र गणेशस्थान आसपासका विपन्न १५ परिवारलाई खाद्यान्न सहयोग

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १६ : ४०
समाजसेवी प्रेमकुमार श्रेष्ठद्धारा क्षेत्रपुर र गणेशस्थान आसपासका विपन्न १५ परिवारलाई खाद्यान्न सहयोग

चितवन । क्षेत्रपुर र गणेशस्थान आसपासका अशक्त र विपन्न १५ घर परिवारलाई खाद्य सामाग्री वितरण भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्वर ३ निवासी समाजसेवी प्रेमकुमार श्रेष्ठले लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिन भएका १५ घर परिवारलाई प्रतिघर १५ किलो चामल, २ किलो चना, २ किलो दाल, १ पोका नुन, १ पोका तेल, सहयोग गरेका हुन् ।

माईती नेपालको कार्यालय क्षेत्रपुरमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष टंकनाथ पौडेलले विपन्न परिवारलाई सो राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

अति विपन्न बिहान बेलुका छाक टार्नै समस्यामा रहेका स्थानियहरुलाई माईति नेपालको आग्रहमा राहात सामाग्री वितरण गरिएको पौडेलले बताए । सो अवसरमा सहयोग प्रदान गर्ने दाता प्रेमकुमार श्रेष्ठलाई आभार प्रकट गरे । 

प्रतिक्रिया दिनुहोस