खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १४ : १८
खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु

सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खेतमा खनिएको खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् । थप अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगिसकेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए 

स्थानीय हुलास यादवको खेतमा खनिएको खाल्डोमा उनीहरू डुबेको बुझिएको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन ।

अहिले घटनास्थलमा मृतकका आफ्न्तको रुवाबासी चलेको छ । एकैपटक ५ बालिकाको मृत्यू भएपछि स्थानीय शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस