काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १७ : १७
काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । सडक विभागले झण्डै ३ करोडको लागतमा यो पुल निर्माण गरेको हो । यो पुल एक स्थानबाट अर्को स्थानमा खोलेर लैजान सकिने ‘मुभेबल’ खालको छ ।

चोकबाट पश्चिमतर्फ क्रेनको सहायताले पुल राखिएको छ । सवारी र मानिसको चापले सधैँ व्यस्त हुने बानेश्वर चोकमा आकाशे पुल राखिएसँगै पैदल यात्रुहरूलाई सडक पार गर्न सहज हुनेछ । यसले सवारी जाम कम हुन गर्न मद्दत पुग्ने विभागले जनाएको छ ।

       

प्रतिक्रिया दिनुहोस