काठमाडौं । आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने अभियान सुरु भएको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा विहान १० बजेदेखि खोप लगाउन सुरु भएको छ ।काठमाडौंमा विभिन्न वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।
मंगलबार ६४ वर्ष उमेरका नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम छ । खोप केन्द्रमा भीडभाड कम गर्न एउटा उमेरकालाई एकदिनमा मात्र लगाउने तालिका बनाइएको हो ।
जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।
यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ जेठ २०७८, १३ : ३०
लेखकबाट थप