हस्ताक्षर फिर्ता लिने प्रयोजित हल्ला निराधार हो, सर्वोच्चमा गरिएका हस्ताक्षर फिर्ता लिइँदैन : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १६ : ४९
हस्ताक्षर फिर्ता लिने प्रयोजित हल्ला निराधार हो, सर्वोच्चमा गरिएका हस्ताक्षर फिर्ता लिइँदैन : माधव नेपाल

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले संसद् पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालतमा दायर रिटका लागि गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । ओलीले वार्ता गर्ने भनेर चालबाजी मात्र गरिरहेको भन्दै त्यसमा भ्रममा नपर्न पनि कार्यकर्ता पंक्तिलाई नेपाल समूहले आग्रह गरेको छ।

उक्त समूहको स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्नको लागि देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध सबै वामपन्थी र लोकतन्त्रवादी दल, नागरिक समाज, प्रबुद्ध समुदाय एवम् राजनीतिककर्मीहरुका बीच एकता, पारस्परिक विश्वास र समझदारी कायम गरी अगाडि बढ्नु आवश्यक भएको छ। नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रयोजित हल्ला निराधार हो।’

यस्तै ओलीले वार्ताका नाममा भ्रम मात्र सिर्जना गरिरहेकाले त्यसमा पनि सजग हुन कार्यकर्ता पंक्तिलाई आग्रह गरेको छ।  

प्रतिक्रिया दिनुहोस