राउटे बस्तीमा अन्य व्यक्ति जान प्रतिबन्ध

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १६ : २७
राउटे बस्तीमा अन्य व्यक्ति जान प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले अन्य व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । 

राउटे युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको प्रहरीले जनाएको छ । 

केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ । 

प्रतिक्रिया दिनुहोस