माधव नेपाललाई भेटेलगतै देउवालाई भेटे प्रचण्डले

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १३ : ४०
माधव नेपाललाई भेटेलगतै देउवालाई भेटे प्रचण्डले

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले जनाएको छ । उनले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस