पेट्रोलिमय पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु क्रान्तिकारी चितवनको आग्रह

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १४ : ४८
पेट्रोलिमय पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु क्रान्तिकारी चितवनको आग्रह

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

अनेरास्ववियुले आइतबार  प्रेस विज्ञप्ति जारी गर्दै जनता रोग र भोक संग लडी रहेको बेलामा पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो । विज्ञप्तीमार्फत नेपाल आयल निगमले निकै सस्तोमा खरिद गरेर निकै महंगोमा पेट्रोलियम पदार्थ विक्रि गरिरहेको तथ्य आँफुहरुसंग भएको समेत उल्लेख गरेको छ । ‘कोभिड १९ को महामारीले नेपाली जनताको आर्थिक एवम् सामाजिक जीवन अत्यन्त नाजुक भैरहेको समयमा पेट्रोलियम पदार्थ जस्तो अत्यन्तै आवश्यकिय वस्तुमा यस सरकारले गरेको अवैज्ञानिक मूल्य वृद्धि प्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ ।’ अनेरास्ववियुले पेट्रोलियम पदार्थ लगायत वस्तुहरुको मूल्य वृद्धि तत्काल फिर्ता नलिए संगठन चरणवद्ध आन्दोलनमा जाने समेत चेतावनी समेत दिएको छ । 

‘अहिले प्रतिगमनको मतियार बन्दै बारम्बार जनताको संविधान माथी प्रहार गर्दै आएको प्रतिगामि केपि ओली सरकारको पछिल्लो निर्णय अनुसार पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य वृद्धि गरेको छ । कोभिड १९ को महामारीले नेपाली जनताको आर्थिक एवम् सामाजिक जीवन अत्यन्त नाजुक भैरहेको समयमा पेट्रोलियम पदार्थ जस्तो अत्यन्तै आवश्यकिय वस्तुमा यस सरकारले गरेको अवैज्ञानिक मूल्य वृद्धि प्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ । नेपाल आयल निगमले निकै सस्तोमा खरिद गरेर निकै महंगोमा पेट्रोलियम पदार्थ विक्रि गरिरहेको तथ्य हामी माझ छर्लङ्ग छ ।

देशको ढुकुटीमा बह्मलुट मच्चाइरहेको प्रतिगामी गिरोहको सरकार यति बेला आफ्नो लुटको स्वर्ग बचाउन जनता लाई अत्यावश्यक पर्ने वस्तुहरुको मूल्य वृद्धि गर्न तल्लिन भै लागिपरको छ । हामी जनता रोग र भोक संग लडी रहेको बेलामा सरकारको ध्यान अर्कोतिर भैरहेको र सरकारको उच्च पदस्थमा बसेका व्यक्तिहरुबाट आएको विवादस्पथ अभिव्यक्ति प्रति हामी घोर निन्दा गर्दछौ ।

यसकारण जनतालाई ऋणको भारले थिचेर अवैध कदम चाल्दै हिडेको प्रतिगामि यस सरकारलाई पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुहरुको महड्डी र कालोबजारी नियन्त्रण गर्न हाम्रो संगठन जोडदार माग गर्दछौं । पुनःश्च पेट्रोलियम पदार्थ लगायत वस्तुहरुको मूल्य वृद्धि तत्काल फिर्ता नलिए संगठन चरणवद्ध आन्दोलनमा जाने कुरा चेतावनी दिन चाहन्छौ ।’  विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस