बाल सुधार गृह मोरङमा रहेका २५ जना बालकमा कोरोना सङ्क्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १४ : ३९
बाल सुधार गृह मोरङमा रहेका २५ जना बालकमा कोरोना सङ्क्रमण पुष्टि

मोरङ । बाल सुधार गृह मोरङमा रहेका २५ जनामा कोरोना सङ्क्रमण देखिएको  छ । सुधार गृहमा रहेका एक सय ९३ जना बालक  मध्ये २५ जनामा कोरोना पुष्टि भएको सुधार गृहका प्रमुख मिलन चौहानले बताए । 

गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

उनीहरुको विराटनगर महानगरपालिकाले  स्वाब लिएर पीसीआर परिक्षण गरेको थियो ।  सुधार गृहका प्रमुख  चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ ।सुधार गृहमा रहेका अन्य बालकको पनि पिसिआर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् । क्षमताभन्दा चार गुणा बढी बालक रहेको सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको आशंका गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस