न्यायाधीश कुमार चुडालको एकल इजलासमा थापाको रिट

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १३ : ३१
न्यायाधीश कुमार चुडालको एकल इजलासमा थापाको रिट

काठमाडौं ।सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वोच्चले जनाएको छ ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

प्रतिक्रिया दिनुहोस