पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना कोरोना मुक्त

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १६ : ३८
पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना कोरोना मुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २ सय ४३ जना कोरोना मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २ सय ४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । अहिले ९२ हजार ९ सय २८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।