असार १ गतेदेखि मेलम्चीको पानी बन्द

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १५ : ४१
असार १ गतेदेखि मेलम्चीको पानी बन्द

काठमाडौं । सुरुङको परीक्षण गर्नुपर्दा असार १ गतेदेखि झन्डै एक महिना मेलम्चीको पानी बन्द गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको बताए । 

‘सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौँ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो’ उनले भने । अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैँका लागि पानी पठाउँछौँ ।’ 

प्रतिक्रिया दिनुहोस