पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १७ : ०६
पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि,  ६८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६ हजार ८ सय ९८ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । 
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।