पहिलो पटक मानिसमा भेटियो बर्ड फ्लु

एजेन्सी

मंगलबार, १८ जेठ २०७८, १५ : ५३
पहिलो पटक मानिसमा भेटियो बर्ड फ्लु

काठमाडौँ। चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला पारेको छ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ ।आयोगका अनुसार  H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो ।

४१ वर्षका पुरुष चनच्याङ शहरमा बस्छन् । उनलाई कुखुराबाट उक्त संक्रमण भएको हो । यद्यपी संक्रमण फैलिने जोखिम एकदमै कम भएको स्वास्थ्य आयोगले जनाएको छ । संसारमा यसअघि  एच १० एन३ को मानव संक्रमण नभेटिएको उसले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस