जसपाबाट महन्थको नाम हटाउन निर्वाचन आयोगमा यादवको पत्र

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १५ : ३४
जसपाबाट महन्थको नाम हटाउन निर्वाचन आयोगमा यादवको पत्र

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल आजबाट औपचारिक रूपमा विभाजन भएको छ । जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।

यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् ।आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस