संवैधानिक इजलास छोड्न न्यायाधीश केसी र श्रेष्ठद्धारा अस्वीकार

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १३ : ४६
संवैधानिक इजलास छोड्न न्यायाधीश केसी र श्रेष्ठद्धारा अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् ।

मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् ।मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए ।

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु केसी र श्रेष्ठले यसअघि नेकपाको आधिकारिकतासम्बन्धी मुद्दा सुनुवाइ गरेकाले अहिले त्यसैसँग जोडिएको विघटनको मुद्दा हेर्न नमिल्ने माग गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस