काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको एकता कायम जोगाउने भन्दै दोश्रोतहका नेताहरु (हिजो) सोमबार मध्यरात सम्म छलफल गरेका छन् । । पार्टी स्थायी कमिटिको पूर्वसन्ध्यामा उनीहरु राति ११ बजे सम्म छलफलमा जुटेको एक नेताले बताए ।
राजधानीको दरबारमार्गस्थित याक एण्ड यती होटलमा राति सवा ११ बजेसम्म छलफल भएको र सो क्रममा पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउने बारे सहमति गर्न खोजेपनि सहमती हुननसकेको उनले बताए । बैठकमा यअअघि गठित कार्यदलका अधिकांश सदस्यहरु नै बैठकमा सहभागी थिए ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सहमतिको प्रयास स्वरुप आफूहरुले झण्डै ५ घण्टा छलफल गरेको जानकारी दिए ।
‘सहमतिको लागि प्रयास गरियो, छलफल त सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएको छैन,’ नेम्वाङले भने । बैठकमा संस्थापन पक्षबाट संगठन विभाग प्रमुख विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए ।
यस्तै माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । नेपाल पक्षले भने जेठ २ मा फर्किनुपर्ने यसअघिको अडानमै कायम रहेको थियो । ‘हामी जेठ २ मा फर्किऔँ भनेर कुरा राख्यौ, उताबाट जेठ २ मा फर्किन सकिदैन भन्ने कुरा आयो, छलफल खासै सकारात्मक भएन,’ नेपाल पक्षले भन्यो ।
एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले स्थायी कमिटीको बैठक मंगलवार बिहान ११ बजे बस्दैछ । यसअघि आइतवार नै बस्ने भनिएको बैठक दुई पटक स्थगित भएर आजका लागि सरेको थियो । स्थायी कमिटी सदस्य नेम्वाङले ११ बजे बस्ने बैठकमा समसामयिक एजेण्डा रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट
अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे : एमाले
पाँच जना नेता एमालेबाट निष्कासित
यस्तो छ एमाले सचेतक बरालले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव (पूर्णपाठ)
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने