काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा ४५.२५ अंकले घट्दै २७८२.६८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेचबाट १३ खर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.५८ अंकले घट्दै ५००.४७ अंकको विन्दुमा पुगेर आजको कारोबार बन्द भएको हो ।
समूहगत परिसूचकतर्फ सामूहिक लगानी कोष समूहका कम्पनीको सूचांकमा भएको सामान्य ०.०४ अंकको वृद्धिले सबै समूहगत कारोबारहरू घटेका छन् ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीको सूचांक ३८०.८८ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको ३५६.९, जलविद्यूत समूहको १२९.९३ , व्यापार समूहको १६८.०९, उत्पादनमुलक समूहको १०३.२१, विकास बैंक समूहको ५६.९७, अन्य समूहको ५३.५३, बैंकिङ समूहको १९.०२, वित्त समूहको १२.८१ र लघुवित्त समूह ९.९९ अंकले घटेको छ ।
बोनस सेयर घोषणा गरेको राधी विद्य्युत कम्पनी ९१ करोडसहित सबैभन्दा धेरै कारोबार गर्ने र ९.९८ प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ । त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाएका छन् । बरुण हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.५७ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढेको सेयर बजारमा घट्यो कारोबार
१२.५८ अंकले बढ्यो बजार, परिसूचक २६०१ बिन्दुमा
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो