अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १२ : ४०
अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

झापा । नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरीका आधा।मा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।