काठमाडौं। रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोन खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ । 'ड्युटीमा' रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ यूएभी ड्रोनहरू नष्ट गरी खसालेको रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने 'ब्लाक सी' प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताए ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १६ : १७
लेखकबाट थप