घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, १६ : ०२
घरमा सुरुङ बनाइ चोरी गर्ने एक युवक पक्राउ

वीरगन्ज । दुई महिना अघि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् । असार २४ गते राति जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् ।  उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा चोरी गरेका थिए ।

साे समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरु चोरी गरेको प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले बताइन् ।

घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा जिआउलको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डीएसपी गिरीको भनाइ छ ।

पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।  घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।